• फाल्गुन २४ २०८२, आईतवार

एकीकृत समाजवादीसँगको एकता स्थगित गर्नुपर्छ भन्दै बाहिरिए जनार्दन शर्मा

कार्तिक १५ २०८२, शनिबार

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा माओवाद छोडेर अन्य पार्टीसँग एकता गर्न नहुने भन्दै पार्टीको सचिवालयबाट बाहिरिएका छन् । उनले एकीकृत समाजवादीसँगको एकता तत्कालका लागि स्थगित गर्नुपर्ने मतसमेत राखेका छन् ।

आफ्ना कुरा राखिसकेपछि उनी सचिवालय बैठकबाट बाहिरिएका हुन् । बैठक पार्टीको मुख्यालय पेरिसडाँडामा जारी छ । छलफलमा प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, मातृका यादवलगायत सहभागी छन् ।

प्रचण्डले भने एकीकृत समाजवादी, माओवादी केन्द्रसहितका दलहरूबीच एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको ब्रिफिङ दिएका छन् ।