• फाल्गुन २७ २०८२, बुधबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कार्तिक १५ २०८२, शनिबार

तेह्रथुम । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तेहथुमको फेदाप गाउँपालिका-३ बस्ने ३१ वर्षीय प्रविन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रविनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पोक्लावाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।