• फाल्गुन २७ २०८२, बुधबार

नारायणगढ-मुग्लिन सडक पहिरोका कारण अवरुद्ध

कार्तिक १४ २०८२, शुक्रबार

काठमाडौँ । नारायणगढ-मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नम्बर-५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखिको निरन्तरको वर्षाका कारण पहिरो खसेको हो । बाटो अवरुद्ध भएपछि सवारीसाधन सडकमा रोकिएका छन् । पहिरो पन्छाएर यथाशीघ्र सडक सुचारु गर्न आफूहरू लागिपरेको उनले बताए।