• फाल्गुन २४ २०८२, आईतवार

नेकपा एसको बैठकमा उठ्याे सेना र प्रहरी विरुद्ध विद्रोह गरी कम्युनिष्ट सरकार बनाउनुपर्ने माग

कार्तिक १३ २०८२, बिहीबार

काठमाडौं । नेकपा एसको बैठकमा सेना र प्रहरीका विरुद्ध विद्रोह गरेर सडकबाटै कम्युनिष्ट सरकार बनाउनुपर्ने आवाज उठेको छ ।

उक्त पार्टीका पोलिट्व्युरो सदस्य हिमाल खरेलले यस्तो आवाज उठाएका हुन् । खरेलले आज (बिहीबार)को बैठकमा वामपन्थी एकतामा जोड दिँदै राष्ट्रिय सेना र प्रहरीको बारेमा गम्भीर टिप्पणी गरेका हुन् ।

वाम एकतापछि कम्युनिष्ट पार्टीसम्वद्ध सेना बनाउनुपर्ने कम्युनिष्ट सरकार गठन गर्नुपर्ने खरेलको तर्क छ । अहिलेको राष्ट्रिय सेना र प्रहरीले कम्युनिष्ट पार्टी, तिनका नेता, कार्यकर्ताको सुरक्षा दिन नसक्ने उनले जिकिर गरे ।

सेना प्रहरीविरुद्ध विद्रोह गर्नुपर्ने भन्दै खरेलले चिनियाँ जनमुक्ति सेनाको मोडलमा जानुपर्ने धारणा राखे ।