काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अहिले पार्टी विभाजनको बेला नभएको बताएका छन् । जारी केन्द्रीय कमिटीको बैठकमा खनालले क्रान्तिकारी पार्टी बनाउने बेलामा नेकपा (माओवादी केन्द्र)मा जाने कुरा गर्न नहुने बताए ।
उनले माओवादीलाई पार्टी बुझाइदिऊँ भन्ने लागेकाहरू भने जान सक्ने बताएका छन् । “क्रान्तिकारी पार्टी बनाउने बेला हो । पार्टी कार्यालय जल्यो, पार्टी बनाउन सकिएन । लगेर बुझाइदिऊँ भन्ने लागेर जान मन हुने गए हुन्छ,” खनालले बैठकमा भने ।
उनले माओवादीभित्र पनि समस्या रहेको भन्दै पार्टी बनाउन सकिने धारणा राखेका छन् । उनले अध्यक्ष माधवकुमार नेपाललाई चार वर्षपछि पार्टी विभाजन गरेर जान खोजेको हो भनी सोधेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।