• फाल्गुन २७ २०८२, बुधबार

मनाङमा फसेका दुई सय भन्दा बढी पर्यटकसहित १५०० जनाको उद्धार

कार्तिक १२ २०८२, बुधबार

मनाङ । नेपाली सेनाले हिमाली क्षेत्रमा हिमपातका कारण फसेका दुई सय भन्दा बढी पर्यटकसहित पन्ध्र सय जनाको उद्धार गरेको छ ।

मनाङ जिल्लाको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकाहरुमा कात्तिक १० गतेदेखि भएको भारी हिमपातको कारण विभिन्न स्थानमा फसेका २०० भन्दा बढी बिदेशी पर्यटक सहित करिब १५०० जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

मनाङ्गस्थितनेपालीसेनाकोनयाँभैरवीदलगुल्मबाटखटिएकोउद्धार टोलीले स्थानिय प्रशासन, जनप्रतिनिधि, शसस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानियहरुको सहकार्यमा सुरक्षित स्थानसम्म पुर्‍याउन सहयोग गरेको हो ।

तस्वीर: नेपाली सेना