• फाल्गुन २४ २०८२, आईतवार

भ्रष्टाचारकाे अभियाेग लागेपछि माधव नेपालका सबै सुरक्षाकर्मी फिर्ता

कार्तिक ११ २०८२, मंगलवार

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता गराएको छ । पूर्वप्रधानमन्त्रीको हैसियतमा उनले पाउँदै आएका सुरक्षाकर्मी सबै फिर्ता गर्ने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।

साथै, पूर्वप्रधानमन्त्रीको हैसियतमा सरकारले १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षाकर्मीको रुपमा उपलब्ध गराउँदै आएको थियो । नेपाल भ्रष्टाचार अभियुक्त भएका कारणले सुविधा कटौती गरिएको स्रोतले बताएको छ ।

‘भ्रष्टाचार अभियुक्त भएकाले उहाँको सुविधा कटौती गरिएको हो,’ सम्बद्ध स्रोतले  भन्यो, ‘फेरि निवेदन हाल्नुभयो भने सुरक्षा चुनौतीलाई मध्यनजर गरेर आवश्यक निर्णय हुनसक्छ ।’

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर अध्यक्ष नेपाल रिहा भएका थिए ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बुधबार उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

यसअघि सरकारले पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पनि सुरक्षाकर्मी फिर्ता गराएको थियो ।