काठमाडौँ । पछिल्लो जेन जेड आन्दोलनका बीच केही व्यक्तिले असहज परिस्थितिको अनुचित फाइदा उठाउँदै काठमाडौँ र भक्तपुरका विभिन्न क्षेत्रमा लुटपाट गरेका छन्।
नेपाली सेनाले राति १० बजेपछि सुरक्षा कमाण्ड नियन्त्रणमा लिएसँगै राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न २१ जनालाई पक्राउ गरिएको जनाएको छ।