• फाल्गुन २६ २०८२, मंगलवार

ओलीले अबिलम्ब पद छोड्नुपर्छ, काँग्रेस यो परिस्थितिको थप साक्षी बन्न सक्दैन– गगन थापा

भाद्र २४ २०८२, मंगलवार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमाथिको दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्ने बताएका छन् ।

महामन्त्री थापाले अब नेपाली कांग्रेस एकदिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहन सक्दैन भन्दै पार्टीको बैठकबाट सरकारबाट तत्काल फिर्ता हुने निर्णय गराउन लाग्ने बताएका छन् ।

उनले भनेका छन्‌–

रातभर सुत्न सकिन । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन । अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ । प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ । अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन । नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ । पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु ।