• फाल्गुन २६ २०८२, मंगलवार

संसदीय सुनुवाई समितिको सभापतिमा खतिवडाको मनोनयन दर्ता

भाद्र १९ २०८२, बिहीबार

काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिका लागि नेपाली कांगेसका सांसद रामहरी खातिवाताले मनोनयन दर्ता गरेका छन् ।

संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिको निर्वाचन शुक्रबार हुदैछ । यसअघि राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडाले कुलिङ पिरियडमा गरेको हेरफेरको नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए ।

यस अघि कांग्रेस सांसद ईश्वरी देवी न्यौपाने संसदीय सुनुवाइ समितिको सभापति रहेकी थिइन् भने उनले राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेपछि रिक्त रहेको थियो ।