• फाल्गुन २८ २०८२, बिहीबार

काठमाडौँको नयाँ बजारमा जुवातास खेलिरहेका ११ जना पक्राउ

भाद्र १३ २०८२, शुक्रबार

काठमाडौँ । काठमाडौं महानगरपालिका–१७ नयाँबजार नर्सरी चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा चन्द्रागिरी नगरपालिका–८ घर भएका ४२ वर्षीय रूपचन्द्र श्रेष्ठ समेत ११ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ५९ हजार रूपैयाँ र ५८ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।