युरिक एसिड बाथरोगको एक प्रकार हो । युरिक एसिड भएका बिरामीलाई चिकित्सकले गेडागुडी नखान सुझाव दिन्छन् ।
तर के सबै गेडागुडी खान नमिल्ने हो ? वरिष्ठ बाथरोग विशेषज्ञ डा. दीपा शाहका अनुसार युरिक एसिड भएका बिरामीले प्युरिन प्रोटिन भएका गेडागुडी खान हुँदैन । सबै गेडागुडी असुरक्षित हुन्छन् भन्ने भ्रम कतिपयमा भएको उहाँको भनाइ छ ।
सबभन्दा अचुक औषधि पानी हुने उहाँ बताउनुहुन्छ । हरेक दुई घण्टाको अन्तरमा पानी पिउनु युरिक एसिड भएका बिरामीलाई फाइदाजनक हुने उहाँको भनाइ छ ।
वरिष्ठ बाथरोग विशेषज्ञ डा. दीपा शाह
यहाँ डा. शाहले युरिक एसिड भएका बिरामीले खान हुने र खान नहुने केही खानेकुरा बताउनुभएको छ ।
खान हुने
रातो दाल
ब्रोकाउली
दूध
दही
पर्याप्त मात्रामा पानी पिउने
पहेँलो दाल
मुँगीको दाल
रहरको दाल
मसुरो दाल
खान नहुने
प्युरिन प्रोटिन भएको खानेकुरा
सेतो काउली
तोफु
च्याउ
भटमास
रातो मासु
पालुङ्गोको साग
पनिर
चना