• फाल्गुन २३ २०८२, शनिबार

सिकल सेल रोगको उपचारमा २० करोडको औषधि सहयोग

भाद्र १२ २०८२, बिहीबार

काठमाडौँ । नेपाल सरकारलाई सिकल सेल रोगको उपचारका लागि करिब २० करोड रुपैयाँको औषधी सहयोग भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखालाई भारत सरकारबाट सिकल सेल रोगको उपचारका लागि वस्तुगत सहायतास्वरुप औषधी प्राप्त भएको हो ।

भदौ ९ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै सहयोग स्वरुप प्राप्त हुने अमेरिकी डलर १५ लाख ५२ हजार ७२.०७ (करिब २० करोड ६० लाख रुपैयाँ) मूल्य बराबरको सिकल सेल रोगको उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री (औषधि) पैठारीमा नेपाल सरकारले सम्पूर्ण भन्सार महसुल, दस्तुर, शुल्क वा करमा पूर्ण छुट दिएको हो ।