काठमाडौं । डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको हो । अन्य ६ जना घाइते छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक डम्बर बिष्टका अनुसार नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको बताए ।
घाइते हुनेमा नवदुर्गा–५ बस्ने १८ वर्षीया सुशिला बिक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद, ४४ वर्षीय प्रकाश बिक र जिप चालक ३५ वर्षीय रामबहादुर साउद छन् ।
उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । उग्रतारा यातायातको से १ ज७३८ नम्बरको जिप दुर्घटनामा परेको हो ।