काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पाँडे साइबर अपराध सम्बन्धी उजुरीका आधारमा पक्राउ परेका हुन्।
साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार एक महिलाले पाँडेविरूद्ध सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएकी थिइन्।
जाहेरी दर्ता भएपछि पाँडे बुधबार आफै साइबर ब्युरो, काठमाडौंमा उपस्थित भएका हुन्। पाँडे उपस्थित भएपछि आवश्यक अनुसन्धान र प्रक्रिया अघि बढाइएको प्रवक्ता अवस्थीले जानकारी दिए।
उनका अनुसार पाँडेलाई आजै (बुधबार) म्याद थप गर्ने तयारी गरिएको थियो। तर समय ढिलाइ भएकाले म्याद थप्ने प्रक्रिया बिहीबार मात्र हुने भएको छ । पाँडे राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन्।