काठमाडाैं । गोरेबहादुर खपाङ्गीको नवौं वार्षिक स्मृति सभा आयोजना हुने भएको छ । प्रसिद्ध राष्ट्रिय चिन्तक स्व.गोरेबहादुर खपाङ्गी मगरको नवौं वार्षिक स्मृति सभा आगामी भाद्र ११ गते, मंगलबार, आयोजना हुने भएको हो ।
कार्यक्रममा माननीय श्री लक्ष्मी महतो ज्यू प्रमुख अतिथि रहनेछन् भने सिल्यान्यास गौशाला न.पा. का मेयर डा. दिपेन्द्र महतो ज्यूले प्रवेशद्वार उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
समितिको मुख्य कार्यक्रम रानानगर, गोरशाला न.पा. १ (मगर संग्रहालय) मा बिहान ९ बजे सुरु हुनेछ। त्यस्तै, सिल्यान्यास कार्यक्रम माइथान चौक, गोरशाला न.पा. १ मा दिनकाे १:00 बजे हुने जनाइएको छ ।
समारोहको आयोजक गोरेबहादुर खपाङ्गी फाउण्डेशन, काठमाडौं रहेको छ भने सह-आयोजक महोत्तरी शाखा रहेको छ । फाउण्डेशनले कार्यक्रममा उपस्थित हुन सम्पूर्ण शुभेच्छुक, परिवारजन तथा गोरखाबासीलाई हार्दिक आमन्त्रण गरेको छ ।
