रौतहट । रौतहटमा सुटकेशभित्र राखिएको अवस्थामा महिलाको शव फेला परेको छ।
शनिबार राति साढे ९ बजे रौतहटको गौर नगरपालिका-९ गौर-सिरसिया सडक खण्ड अन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा शंकास्पद सुटकेश फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी राजु कार्कीका अनुसार डोरीले बाँधिएको अवस्थामा सुटकेश भेटिएपछि रातभरि प्रहरीले रुँगेर बसेको थियो।
बिहान आफै घटनास्थल पुगेको र सुटकेश खोलेर हेर्दा महिलाको शव भेटिएको एक प्रहरीले बताए।
उनका अनुसार सुटकेसभित्र मृत अवस्थामा फेला परेकी महिलाको घाँटीमा डोरी र सलले बाँधिएको छ। उनको नाकमा रगतका धब्बाहरू छन्। महिलाको अन्दाजी उमेर २५/२६ को जस्तो देखिने शवको प्रकृति हेर्दा महिलाको हत्या शुक्रबार दिउँसो मात्रै भएको जस्तो देखिने प्रहरीले बताएको छ ।