• फाल्गुन २९ २०८२, शुक्रबार

वीरगंजबाट स्रोत नखुलेको नगदसहित २ जना पक्राउ

भाद्र ६ २०८२, शुक्रबार

पर्सा । वीरगंज महानगरपालिका–२ घुसुकपुर ईदगाह चोकबाट स्रोत नखुलेको नगद १४ लाख १३ हजार ५ सय रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–२ घुसुकपुर बस्ने ३९ वर्षीय संजय कुमार साह र बारा महागढीमाई नगरपालिका–४ बगडमपुर बस्ने ४१ वर्षीय शनि कुमार ठाकुर रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बीआर ०५ एबि ७७६१ नम्बर र प्रदेश २–०३–००२ प ५५४४ नम्बरका मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।