• फाल्गुन २६ २०८२, मंगलवार

रास्वपाको हस्ताक्षर अभियानः अहिलेसम्म ३४ लाख हस्ताक्षर र ६५ लाख नगद संकलन

भाद्र ५ २०८२, बिहीबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )ले सभापति रवि लामिछानेविरुद्ध गरिएको राजनीतिक प्रतिशोध भएको भन्दै शुरु गरेको हस्ताक्षर संकलन अभियान जारी राखेको छ ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार आजसम्म ३४ लाख हस्ताक्षर संकलन भएको छ भने अभियानको लागि सहयोग रकम ६५ लाख संकलन भएको छ ।

प्रवक्ता झाका अनुसार हस्ताक्षर संकलन अभियान पश्चिम देखि पूर्वी नेपालको देश यात्रामा निस्किएको छ ।

बुधबारदेखि शुरु भएको ’देश यात्रा’ सुदूरपश्चिमको कञ्चनपुरबाट सुरू भएको छ भने यसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य दीपक बोहराले गरिरहेको प्रवक्ता झाले जानकारी दिएका छन् ।