• फाल्गुन २६ २०८२, मंगलवार

बुधबार बिहान ११ बजे बस्ने गरी संसद बैठक स्थगित

जेष्ठ १३ २०८२, मंगलवार

काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ । मंगलबारको बैठक सूचना टाँस गरेर स्थगित भएको हो । सभामुखको सचिवालयका अनुसार बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो । मंगलबार बिहान ११ बजे बोलाइएको बैठक केही समय ढिला गरी सुरू भएको थियो ।

बैठकमा प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान राखेका थिए ।
प्रतिपक्षीको अडानबीच बैठक आधा घन्टाका लागि स्थगित भएको थियो ।

पछि सूचना टाँस गरेर साढे २ बजेसम्मका लागि स्थगित गरियो र सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरे ।

कांग्रेस र एमालेले सदनमा गृहमन्त्री बोल्न पाउनुपर्ने माग राखेका छन् भने माओवादी र रास्वपाले गृहमन्त्रीले पहिले राजीनामा दिनुपर्ने अडान राखेका छन् । गतिरोध अन्त्य हुन नसकेपछि प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।