• जेष्ठ १६ २०८२, बिहीबार

प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि बिहान ११ बजे

जेष्ठ १४ २०८२, मंगलवार

जेठ १३,काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगन भएको छ । संसद्को अर्काे बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

सदनबाटै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका विपक्षी दलहरूले अडान नछाडेपछि बैठक स्थगन गरिएको हो । आज सुरुमा आधा घण्टाका लागि स्थगन गरिएको बैठक पछि सूचनामार्फत साढे २ बजे बस्ने भनिएको थियो ।
तर, दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक भोलि बिहानसम्मका लागि स्थगन गरिएको हो ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान छ । आजको बैठकमै गृहमन्त्री लेखकले आफूमाथि उठेका प्रश्नबारे सदनबाटै जवाफ दिने तयारी गरेका थिए । तर, विपक्षी दलहरूले नाराबाजी गरेपछि बैठक अघि बढ्न सकेन ।

गृहमन्त्री लेखकले आफूमाथि लागेका आरोप निराधार रहेको बताइसकेका छन् । उनको पार्टी नेपाली कांग्रेसले पनि गृहमन्त्रीले राजीनामा दिनुनपर्ने निष्कर्ष निकालिसकेको छ ।