• जेष्ठ १६ २०८२, बिहीबार

तिनकुनेमा पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आगो लगाउन आफू पनि गएको अनुप राजावादीको बयान

जेष्ठ १४ २०८२, मंगलवार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सुरक्षा दस्ता अनवरत तत्पर फौज (एटीएफ) का सदस्य अनुप राजावादी भनिने गोकर्ण शाहीले गौतमले चैत १५ मा भएको राजावादी प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आगो लगाउन आफू पनि संलग्न रहेको बताएका छन् ।

प्रहरीसँगको बयानका क्रममा उनले आफू पनि उक्त आगजनीमा संलग्न भएको स्वीकार गरेका छन् । उनले तारा राजावादीसहितको समूहमा मिसिइ आफूले पनि उक्त आगजनी गरेको उनले प्रहरी समक्ष बयान दिएका छन् । उक्त आगलागीमा आफूसहित तारा राजावादी भन्ने सरोज गौतम र शिवसेनाका सदस्य दण्डपाणि रेग्मीलगायत सहभागी भएको उनले बताएका छन् ।

अनधिकृत रुपमा भुइँतला हुँदै घरमा प्रवेश गरी आगो लगाएपछि त्यहाँबाट आफूहरु पेरिसडाँडास्थित नेकपा माओवादीको कार्यालय तोडफोड गर्न गएको उनले बताए ।

एटीएफ, पीडीएफ, आरटीएफ, शिव सेना लगायतका संगठनमा आवद्ध २५/३० जनाको समूह माओवादीको केन्द्रीय कार्यालयमा तोडफोड गर्न गएकोमा त्यहाँ वाईसीएलका सदस्य लगायत देखेर फर्किइ डेरातर्फ गएको उनले बयानमा बताएका छन् ।

तीनकुनेस्थित घरमा लगाइएको आगलगीबाट पत्रकार सुरेश रजकको मृत्यु भएको खबरपछि सामाजिक सञ्जालहरुबाट थाहा पाएको उनले बयानान भनेका छन् ।