• जेष्ठ १६ २०८२, बिहीबार

माओवादी केन्द्रमा सचिव भए गंगानारायण श्रेष्ठ

जेष्ठ १३ २०८२, सोमबार

काठमाडौँ । गंगानारायण श्रेष्ठ नेकपा माओवादी केन्द्रको सचिव बन्दै पार्टी एकता गरेका छन् । सोमबार नेपाल समाजवादी पार्टीमा केन्द्रीय सहध्यक्ष तथा बागमती प्रदेशका सांसद समेत रहेका श्रेष्ठले माओवादी केन्द्रमा सचिवको जिम्मेवारी पाएका हुन् ।

नेसपाका अध्यक्ष महिन्द्र राय यादवले तत्काल माओवादी केन्द्रसँग एकता गर्न विभिन्न शर्त राखेपछि सहअध्यक्ष रहेका श्रेष्ठले बहुमत केन्द्रीय सदस्य लिएर माओवादीमा समाहित भएका हुन् ।

पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यो समायोजन नभएर पार्टी एकता नै भएको दाबि गरेका थिए । प्रचण्डको प्रशंसामा समय खर्चिएका श्रेष्ठले डा. बाबुराम भट्टराईलाई जनयुद्धबाट भाग्न नपाउने र जनयुद्धको जिम्मेवारी लिनुपर्ने चेतावनी समेत दिएका थिए  ।

एभरेष्ट न्यूज एजेन्सी,