• चैत्र ६ २०८१, बिहीबार

कञ्चनपुरका ४ क्याम्पसमा नेविसंघ र २ मा क्रान्तिकारी विजयी

चैत्र ५ २०८१, बुधबार

६ चैत, धनगढी । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत कञ्चनपुरका ६ क्याम्पसमा भएको स्ववियु चुनावको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । तीमध्ये चार क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ र दुई क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विजयी भएको छ ।

दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पस, बेलडाँडीको रौलेश्वर आदर्श, बेलौरीको महाकाली बहुमुखी, पुनर्वासको जनता बहुमुखी, कलकत्ताको रामपुर बहुमुखी क्याम्पस र गुलरियाको कञ्चन बहुमुखी क्याम्पसमा भएको चुनावको परिणाम सार्वजनिक भएको हो ।

तीमध्ये नेपाल विद्यार्थी संघले जनता बहुमुखी क्याम्पस (विकास खड्का) प्यानलसहित, बेलडाँडीको रौलेश्वर आदर्श बहुमुखी क्याम्पस (मोहन जैसी), दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पस (सुवास नेगी) प्यानलसहित, र कञ्चन बहुमुखी क्याम्पसमा (सुनिल ऐर) जितेको छ ।

यस्तै, बेलौरीको रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी (रविना राना) प्यानलसहित र बेलौरीकै महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका दीपक चौधरी निर्वाचित भएका छन् । केही क्याम्पसमा विवादका कारण स्ववियु निर्वाचन हुन सकेको छैन् ।