जाडोमा हात खुट्टा सुनिने र औँलाहरूमा रातोपना आउने, पोल्न थाल्ने, चिलाउने हुन्छ ।
जाडो मौसममा देखिने छाला सम्बन्धी विभिन्न समस्यामध्ये हात खुट्टा सुनिनु र कम्मर दुख्ने समस्या एक हो । अत्यधिक चिसोका कारण हात खुट्टाको औला रातो हुने, चिलाउने, दुख्ने र सुनिने हुन्छ । मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका, चुरोट तथा सुर्तीजन्य पदार्थको बढी प्रयोग गर्नेमा यो समस्या देखिने चिकित्सकहरू बताउँछन्।
चिसोमा धेरै बिहान र बेलुका काम गर्ने मान्छेमा यो समस्या देखिन्छ । चिसोले गर्दा हात र खुट्टाको रक्त्तनलीहरु सङ्कुचन हुन्छ र सुनिने, फोका हुने, चिलाउने र घाउ हुने सम्म हुन्छ ।चिकित्सकका अनुसार समयमै गरिएको उपचार र रोकथामका उपायले यो समस्या निको हुन्छ। तर समयमै उपचार नगर्दा पिप जम्ने र घाउ पाकेर अपरेशन समेत गर्नुपर्ने छाला रोग विशेषज्ञहरु बताउँछन्।
चिसोबाट बच्ने उपाय:
-कसैलाई पहिला वा अघिल्लो वर्ष यस्तो समस्या देखिएको छ भने पछिल्लो वर्ष चिसो पानी धेरै नचलाउने
-पन्जा लगाएर बस्ने
-चिसो पानीको काम गरे पनि छ हात खुट्टा सेकाउने
-यो हात र खुट्टामा मात्र हैन कानमा पनि चिसोले खान्छ त्यसैले टोपी लगाएर हिँड्ने
-चिसोमा साबुनको प्रयोग धेरै गर्नु हुँदैन, यसले शरीरले उत्पादन गरेको चिल्लो पदार्थ पनि पखालिने सम्भावना हुन्छ।
– चिसोमा हात खुट्टाका औँलाहरू चलाइरहनु पर्छ। मसाज गरिरहनुपर्छ।
– मनतातो पानीमा नुन हालेर सेकेमा दुखाई र सुन्नाई कम गर्छ। यति उपाय अपनाउँदा पनि औँला सुन्निने समस्या निको नभए तुरुन्त अस्पताल जानुपर्दछ ।