काठमाडौँ — सर्वोच्च अदालतको आदेशबमोजिम मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनी संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुर गरेको अभियोगमा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोमा थिए । उनलाई छोरा निराजनको जिम्मा लगाएर छोडिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए । प्रवक्ता बोगटीका अनुसार उनलाई आइतबार हाजिर जमानीका लागि बोलाइएको छ ।
त्यसपछि मात्रै उनलाई कति(कति दिनमा हाजिर गर्न आउनु पर्ने भन्नेबारे निर्णय हुने बताए । हिरासतमा रहेका प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनु भनी सर्वोच्चले बिहीबार आदेश गरेको थियो । त्यसबमोजिम नै उनलाई प्रहरीले शुक्रबार अदालतमा उपस्थित गराएको थियो ।