• पुष ६ २०८१, शनिबार

रवि र छविसहित १९ जनाविरुद्ध सहकारी ठगीमा कास्की अदालतमा मुद्दा दायर हुँदै

पुष ५ २०८१, शुक्रबार

 

पुस ५, काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रविलामिछानेसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कास्कीले रविसहित सूर्यदर्शन सहकारी ठगीमा पूरक उजुरी परेका १९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन् ।

‘सहकारी ठगीमा पूरक उजुरी परेको १९ जनाविरुद्ध मुद्दा लगेका छौँ, आजै दर्ता हुन्छ,’ शर्माले बाह्रखरीसँग भनिन, ‘संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा पनि म्याद भित्रै मुद्दा लैजानेछौँ ।’

सहकारीको सम्पत्ति गोरखा मिडियामा ल्याएर संगठित अपराध गरेको भन्दै पूर्वडीआईजी तथा गोरखा मिडिया नेटवर्क प्रालीका तत्कालीन उपाध्यक्ष छविलाल जोसीलाई असोज ६ गते प्रहरीले पक्राउ गरेको थियो । उनको पक्राउको ८९ दिन भइसकेहकाले भोलि अन्तिम दिन हो ।

अन्तिम दिन बिदाको दिन पर्दा त्यसपछि कार्यालय खुल्ने दिनलाई अन्तिम मिति मानिने हुँदा आइतबार ९० दिनको हदम्याद सकिने भएकाले सपत्ति शुद्धीकरण र संगठित अपराधमा पनि आइतबार नै मुद्दा दायर गर्नुपर्छ ।