काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको माहोलमा सीजी इलेक्ट्रोनिक्सले १००० टिकट वितरण गरेको छ ।
‘क्रिकेटको मज्जा दोब्बर’ अफर अन्तर्गत सीजी इलेक्ट्रोनिक्सको उत्पादन खरिद गर्ने ग्राहकहरूमध्ये लक्की ड्रमार्फत १००० जना विजेता छनोट गरिएको थियो । जसले किर्तिपुर स्थित क्रिकेट स्टेडियममा प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गरेको कम्पनीको भनाइ छ ।
कम्पनीले एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्ड डेकर, माइडिया, केन्ट, एलिका र क्रम्प्टन जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन खरिद गर्ने ग्राहकहरूमध्येबाट लक्की विजेता छनोट गरी सबै टिकट वितरण गरेको जनाएको छ । सीजी इलेक्ट्रोनिक्सले एनपीएल टिकट वितरण अभियानलाई सफल बनाउन सहयोग गर्ने सबै ग्राहकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप रोमाञ्चक अफरहरू ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।