• बैशाख १० २०८२, बुधबार

एकीकृत समाजवादीले बनायो संविधान संशोधनको सुझाव कार्यदल

पुष २ २०८१, मंगलवार

२ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले संविधान संशोधनका लागि सात सदस्यीय सुझाव कार्यदल गठन गरेको छ । पार्टी उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गरिएको उपमहासचिव समेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार कार्यदलमा गरिमा शाह, गणेश विक, बलदेब चौधरी, रामप्रसाद यादव, धनप्रसाद गौतम, राजन राई सदस्य रहनेछन् । त्यस्तै, पार्टीले २४ सदस्यीय सचिवालय र पाँच सदस्यीय केन्द्रीय कार्यालय पनि गठन गरेको छ ।