कास्की — कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग सम्पत्रि सुद्धिकरण मुद्दामा २७ करोड ८९ लाखभन्दा बढी बिगो असुल गर्नुपर्ने राय दिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सोमबार जिल्ला सरकारी वकिल कार्यालय, कास्कीमा बुझाएको सम्पत्रि शुद्धिकरणसम्बन्धी मुद्दामा उक्त रकम असुल गर्नुपर्ने राय दिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय, कास्कीबाट कान्तिपुरलाई प्राप्त कागजातअनुसार प्रहरीले लामिछानेबाट सम्पत्रि शुद्धिकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ बिगो असुल गर्नुपर्ने राय दिएको छ । सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धान प्रतिवेदनमा लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय पनि प्रहरीले दिएको छ । ती प्रतिवादीहरूबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो असुल गर्नुपर्ने राय प्रहरीको छ ।
लामिछानेविरुद्ध सहकारी ठगीसँगै सम्पत्र् िशुद्धीकरणको मुद्दा चलाउनुपर्ने र बिगो असुल गर्नुपर्ने राय प्रहरीले दिएको छ । उक्त राय अध्ययन गरेपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीले अदालतमा मुद्दा दायर गर्नेछ । लामिछानेले गत कार्तिक २ देखि कास्की प्रहरीको हिरासतमा छन् ।