• पुष १ २०८१, सोमबार

जाडोमा तातो पानी पिउनुका फाइदा

पुष १ २०८१, सोमबार

जाडोमा तातो वा मनतातो पानी पिउनु शरीरका लागि फाइदाजनक छ । तातो पानी पिउँदा पाचन प्रक्रिया देखि लिएर अन्य गम्भीर समस्याहरु समाधान हुन्छ ।

मनतातो पानीले पाचनतन्त्रलाई बलियो बनाउने काम गर्छ । त्यस्ता व्यक्ति जो कब्जीयत तथा अपचको समस्या झेलिरहेका छन् उनीहरुका लागि तातो पानी निकै उपयोगी हुन्छ ।

हाई कोलेस्ट्रोलको समस्यामा पनि तातो पानी पिउनु फाइदाजनक मानिन्छ । स्वस्थ व्यक्तिको शरीरमा कोलेस्ट्रोलको मात्रा २०० मिलीग्राम प्रति डीएल भन्दा धेरै हुनु हुँदैन । यो भन्दा धेरै कोलेस्ट्रोलको मात्रालाई हाई कोलेस्ट्रोल भनिन्छ । यसबाट छुट्कारा पाउनका लागि नियमित रुपमा मनतातो पानी पिउनु फाइदाजनक मानिन्छ ।

धेरै अस्वस्थ खानपिन र तैलीय चीजहरु खाँदा तपाईंको शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न थाल्छ । जसकारण शरीरमा रक्तसञ्चार तथा रक्तचाप प्रभावित हुन्छ । तातो पानी पिउनाले रक्तनलीहरुमा पाइने लिपिड्सलाई कम गर्छ जसले गर्दा कोलेस्ट्रोल कम गर्न फाइदा पुग्छ ।

तातो पानी पिउनुका अन्य फाइदा:

‌शरीरमा रक्तसञ्चार सही हुन्छ ।

शरीरमा मेटाबोलिज्म बुस्ट गर्छ ।

तौल कम गर्न फाइदाजनक हुन्छ ।

‌कब्जीयत तथा पाचनसँग जोडिएका समस्यामा फाइदा गर्छ ।

तातो वा मनतातो पानीको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ । दिनहुँ बिहानको समयमा तातो पानी एक गिलास पिउँदा धेरै फाइदा हुन्छ ।