३० मंसिर, काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरी आइतबारबाट अनिवार्य अवकाशमा गएका छन् । उनी उमेरहदका कारण आज राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका हुन् । विद्यमान प्रहरी नियमावली अनुसार ५६ वर्षे उमेर हदका कारण डीआईजीहरु अवकाश हुने प्रावधान छ । ३० वर्षे सेवा अवधिअनुसार आगामी चैतसम्म सेवा अवधि भए पनि त्यस अगावै उमेर हदका कारण उनी अवकाशमा गएका हुन् ।
ठकुरी अवकाशमा गएसँगै नेपाल प्रहरीमा रिक्त डीआईजीको संख्या ३ पुग्ने भएको छ । यसअघि डीआईजीहरु दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजी बढुवाका लागि सिफरिस गरिएको थियो । उनीहरुले एआईजीको दज्र्यानी चिन्ह लगाउन बाँकी नै छ । सिफारिस स्वीकृत भएर बढुवा भएको अवस्थामा रिक्त डीआईजीको संख्या ३ पुग्नेछ ।