सगरमाथा भन्ने बित्तिकै नेपालको सबैभन्दा अग्लो शिखर सगरमाथाको नाम भन्ने बुझिन्छ । यसको नाममा जोडेर विभिन्न व्यापारिक गतिविधि गर्नेको संख्या बढ्दो छ । नेपालमा मात्रै हेर्ने हो भने पनि धेरै व्यापारिक केन्द्र अझ विशेष रुपले पर्यटकीय क्षेत्रले यसको नाम बढी प्रयोगमा ल्याउने गरेको पाइन्छ । सबै व्यापार व्यवसायले आआफ्नै तरिकाले यसको नाम प्रयोग गर्दै आफनो व्यापार प्रवर्दन गर्ने गरेका छन् । आफनो कारोबार सगरमाथा जस्तै स्वच्छ र व्यापारको प्रगति सगरमाथाको चुचुरो जस्तै राख्ने प्रयासमा दिनरात मिहेनत गर्ने गर्दछन् ।
यस्तै व्यापार व्यवसाय गरिरहेको सगरमाथा यातायात विगत केही वर्षदेखि आफ्नो काम आफ्नो नामजस्तै राख्न सफल हुँदै आएको छ । यातायात सेवा सुचारु गरेदेखि आफ्ना यात्रुहरुलाई सेवा प्रदान गर्न निकै सक्षम मान्ने गरिन्छ । यसको कामले गर्दा यस यातायातमा यात्रु चढ्नका लागि पर्खेर यही यातायात रोज्ने गर्दछन् । लामो दुरीमा चल्ने यस यातायातले धेरै यात्रुहरुको मन जित्न सफल भएको छ । यात्रुहरुकै लागि भनेर सहज सेवा प्रदान गर्दै आइरहेको सगरमाथा यातायात पछिल्लो समय भने आफ्नो काम आफ्नो नाम जस्तो बन्न सकिरहेको छैन । सहजताका साथ गन्तव्यमा पुग्ने हुँदा धेरै यात्रुहरुको रोजाइमा पर्न सफल यस यातायातका कर्मचारीहरुको व्यवहारका कारण यात्रुहरु निराश बन्दै आएका छन् ।
यातायातमा लिइने भाडादरका कारण यात्रुहरु कर्मचारीसंग भनाभन हुने गरेको छ । यातायातले आफ्नो निश्चित भाडादर हुँदाहुँदै पनि मनपरि भाडादर लिने गर्नाले यात्रुहरु सहज यात्रा हुँदाहुँदै पनि मनपरि भाडादर हुनाले मर्कामा परेका छन् । सगरमाथा यातायातले काकरभिट्टादेखि विराटनगरसम्मको आफ्नो रुटमा भाडादर पनि टाँस गरेको छ । तर टाँस गरेको भाडादर भन्दा भिन्न भाडादर असुल गरेको पाइन्छ । यसले गर्दा यात्रा गर्ने यात्रुहरु र कर्मचारीबीच भनाभन हुने गरेको पाइन्छ । यसले सवार अन्य यात्रुलाई समेत मर्कामा पारेको छ ।
प्रहरी समक्ष उजुरी गर्दा प्रहरीले समेत बेवास्ता गरको पाइएको छ । जसका कारण यात्रुले सास्ती खेप्नु परेको छ । यसबारे यातायातका कम्पनीमा बुझ्दा कम्पनीका प्रतिनिधिले कार्ड बनाउन र यात्रा गर्न सुझाव दिेने गरेको पाइएको छ । जब की यात्रुहरुलाई यस यातायातले जारी गरेको कार्डबारे कुनै जानकारी दिइने गरेका छैनन् । यातायातको यस्तो लापारबाहीका कारण यस यातायातमा सवार यात्रुले सास्ती भोग्दै आइरहेका छन् । यातायातले सहज यात्रा होस् भन्ने हेतुले कार्ड जारी गर्नु राम्रो हो तर आफ्ना कर्मचारीलाई पनि यसबारे जानकारी तथा यात्रुलाई जानकारी दिनु कर्मचारीको कर्तव्य हो । यसबारे कर्मचारीले समेत ध्यान दिन जरुरी छ । यात्रुलाई कार्ड जारी गरेकोबारे जानकारी दिनु तथा आफ्नो यातायातको सेवा सुविधाबारे यातायातले बेला बेला सूचना जारी गर्नुपर्छ । तबा मात्र यस सगरमाथा यातायातले आफ्नो काम अनुसारको नाम र नामको गरिमा राख्न सक्दछ । तसर्थ यस यातायातले आफ्नो यात्रुहरुलाई सहज र सुविधायुक्त यात्रा गर्न दिनुका साथै सगरमाथाको गरिमा राख्न नसकेको सगरमाथा यातायातले यसतर्फ विशेष ध्यान दिन जरुरी छ ।