• फाल्गुन ३० २०८१, शुक्रबार

पेटमा ग्याँस बन्ने कारण

मंसिर २८ २०८१, शुक्रबार

 

सामान्यतया पेटमा ग्याँस बन्नु स्वाभाविक हो ।

दिनमा १५ देखि १८ पटक यस्तो ग्याँस बनेर बाहिर निस्कन्छ । किनकि हामीले खाँदा वा पिउँदा हावा निलिन्छ भने हामीले खाने खानाबाट समेत ठूलो आन्द्रामा किटाणुले ग्याँस बनाइदिन्छन् । यी बाहेक चिन्ता, दाँतको समस्या आदिका कारण पनि हावा निल्न सकिन्छ र धेरै ग्याँस बन्न सक्छ ।

बढी गन्ध आउने ग्याँस बन्नु भने अन्य जटिल कारणले गर्दा हो । यसमा खाना तथा अन्य तत्वको भूमिका रहन्छ । ती मुख्य कारणमा खाना राम्ररी पचाउन नसक्नु, बढी फाईबरयुक्त खाना खानु, बढी नुनको सेवन गर्नु, केही औषधी र एन्टिबायोटिकको सेवन गर्नु, कब्जियत हुनु, पाचन नलीमा किटाणुको संक्रमण हुनु आदि हुन् । कहिलेकाहीँ अर्को गम्भीर कारण ठूलो आन्द्राको क्यान्सर हुनु, चिल्लो पदार्थ खाँदा पनि पाचन हुन समय बढी लाग्दा पेटमा ग्याँसको मात्रा बढ्नु आदि हुन् ।