२७ मंसिर, काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । तर, आपराधिक विश्वासघातको कसूरमा सीआईबीले अनुसन्धन गरिरहेकाले उनी तत्काल भने छुट्ने छैनन् ।