• असार १ २०८२, आईतवार

रोकियो जनकपुरको अपराजित यात्रा, सुदूरपश्चिम ७२ रनले विजयी

मंसिर २६ २०८१, बुधबार

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ । आज बिहान भएको खेलमा जनकपुर ७२ रनले पराजित भएको हो । टस हारेर सुरुवाती ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । १२४ रनको लक्ष्य पछ्याएको जनकपुर ५१ रनमा अलआउट भएसँगै सुदूरपश्चिम विजयी भएको हो । यससँगै जारी लिगमा जनकपुरको विजय यात्रामा ब्रेक लागेको छ ।

सुरुवाती ब्याटिङ गरेको सुदूरपश्चिमका लागि सेइ जाइबले २१ तथा विनोद भण्डारीले ३३ रन जोडे । त्यस्तै ब्रान्डन माकमुलनले ११ र इसान पाण्डे १७ रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । जनकपुरको लागी जोसउ ट्रम्पले १३ रन जोड्नबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जनकपुरका लागि किशोर महतोले ४ विकिट लिए । शेर मल्ल र अरनिको यादवले २/२ विकेट लिँदा हर्ष ठाकेरले १ विकेट लिए । सुदूरपश्चिमका लागि हरमीत सिंह, दीपेन्द्रसिंह ऐरी र इसान पाण्डेले २र२ विकेट लिँदा सेइफ जइब, नरेन साउद र सक्ट कगलेजिनले १र१ विकेट लिए ।