चिसो मौसममा निकै संवेदनशील छालामा धेरै समस्या आउन सक्छ।
यीमध्ये एक हो कत्ले रोग। यसमा छाला फुस्रो हुने त्यसमा घाउजस्तो देखिने हुन्छ। यो समस्या भएकाले चिसो मौसम सुरू हुनुअघि नै नरिवलको तेल वा बाक्लो मोइस्चराइजर लगाउनु पर्छ।
अर्को समस्या छालामा रातो दाग देखिनु हो। यो निकै चिलाउँछ पनि। यस्तो समस्या भएकाले साबुनको साटो क्लिन्जिङ जेलले मुख धुनुपर्छ।
चिसोमा कपालमा निकै चाया आउनेले विशेषगरी नरिवलको तेल, एन्टी ड्यान्ड्रफ स्याम्पु प्रयोग गर्नुपर्छ।
त्यस्तै जाडोमा हात,खुट्टाका औंला रातो हुने, सुन्निने, दुख्ने समस्या पनि हुन्छ। डा. क्यालका अनुसार हात,खुट्टासम्म पुग्ने रक्तनली सानो हुने र चिसोमा अझै खुम्चिने भएकाले यो सामान्य हो।
उनले भनिन्, ‘यसको समाधान हात,खुट्टा न्यानो पार्नु नै हो।’