काठमाडौं । बदलिँदो जीवनशैली र बदलिँदो मौसमका कारण अधिकांश मानिस कपाल झर्ने र फुल्ने समस्याबाट ग्रसित छन् ।
आजकल कपाल सेतो हुँदैमा मानिस बुढो हुँदैन । आजभोलि कम उमेरमै कपाल फुल्नु धेरैको साझा समस्या हो ।
फुलेको कपाल कालो बनाउन मानिस विभिन्न उत्पादन प्रयोग गर्छन् । तर यसले कपाललाई हानी पुर्याउन सक्छ ।
कपाल सानै उमेरमा फुल्ने कारणहरु हुनसक्छ :
१. सानै उमेरमा कपाल फुल्नुमा पोषणको कमी हुन सक्छ ।
२. भिटामिन डी, बी १२, जिङ्क, आइरन, क्याल्सियमको कमीले पनि कपाल फुल्न सक्छ ।
३. शरीरमा कुनै दीर्घरोग भएमा पनि उमेर अगावै कपाल फुल्न सक्छ ।
४. अत्यधिक वा नियमित औषधीको सेवनले पनि कपाल फुल्न सक्छ ।
५. रक्त अल्पता, थाइराइड तथा हर्मोनमा परिवर्तनले पनि चाडैँ कपाल फुल्दछ ।
६. पेटको गडबडी वा पेटको रोगका कारणले पनि सानै उमेरमा कपाल फुल्दछ ।
७. मदिरा, धुमपान, जंक फूड आदिको लामो सेवनले पनि सानै उमेरमा कपाल फुल्दछ ।
८. जथाभावी रासायनिक पदार्थ, प्रदूषणले पनि उमेर अगावै कपाल फुल्दछ ।
९. मानसिक तनाव अर्थात डिप्रेसनका कारणले पनि चाडैँ कपाल सेतो हुन सक्छ ।
कपाल फुल्ने समस्याबाट छुटकारा पाउन निम्नानुसारको घरेलु उपचार विधि अपनाउनु जरुरी हुन्छ ।
– हर्रो, बर्रो, अमला निमको पात, मृगराज आदि सबैलाई बराबर मात्रामा लिई कालो गाईको पिसाबमा मिलाई पिसेर केही समयसम्म निरन्तर टाउकोमा लगाउनाले कपाल कालो हुन्छ ।
– शरदऋतुको समयमा छ भने हरियो अमला टिपेर १०/१२ वटा अमलाको भित्री माग फाली पिस्नुहोस् । पिसिसकेपछि उक्त धुलो टाउकोमा लगाउनाले कपाल कालो हुन्छ । यसलाई २/३ घण्टासम्म टाउकोमा लगाई साबुन प्रयोग नगरी नुहाउनुहोस् ।
– ताजा ओखरलाई दूधमा पकाई उक्त दूधबाट मथेर घ्यू निकाल्नुहोस् उक्त घ्यूलाई कपालमा लगाउनाले कपाल कालो हुन्छ ।
कपाल फुलेको खासै कुनै उपचार हुँदैन । तर कारण जानेर उपचार गरेमा यो समस्या केहि हदसम्म कम हुनसक्छ । साथै कपालमा केमिकलयुक्त हेयर कलरको प्रयोग गर्नु हुदैन ।
त्यस्तै भिटामिन डी, भिटामिन बी १२, जिङ्क, आइरन, क्याल्सियम आदिको कमी हुन दिनु हुदैन । साथै सन्तुलित आहार तथा एन्टिअक्सिडेन्टयुक्त खानेकुरा खाने, गुणस्तरयुक्त सावुन तथा स्याम्पुको प्रयोग गरेमा कपाल फुल्नबाट बच्न सकिन्छ ।