• असार ३ २०८२, मंगलवार

कोरम नपुगेपछि स्थगित भयो पूर्वाधार समितिको बैठक

मंसिर २१ २०८१, शुक्रबार

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ । बैठक बस्नका लागि सांसदको कोरम नपुगेपछि बैठक स्थगित भएको हो ।

समितिको कार्यसूचीमा समितिमा प्राप्त उजुरी, जलस्रोत विधेयक, २०८१ र विविध शीर्षक थियो । जलास्रोत विधेयक २०८१ मा संशोधनकर्ता सांसदहरूसँग पनि छलफल रहेको थियो ।