• असार ३ २०८२, मंगलवार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

मंसिर २० २०८१, बिहीबार

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको हो ।

यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५० हजार ४०० रुपैयाँ कायम भएको थियो । यस आधारमा छापावाल सुनको मूल्य बिहीबार ३०० रुपैयाँ बढेको छ ।
यसैगरी चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार १ हजार ८८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।