मंसिर १७, काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी अघि लागेको छ । माओवादी केन्द्रकी उमेदवार देवकी तिमल्सिनाले ४७७ मतसहित अग्रता कायम गरेकी छन् ।
नेकपा (एमाले)की जाना शाहीले ४०३ मतसहित उनलाई पछ्याउँदै छिन् । नेपाली कांग्रेसकी उमेदवार सविता बुढा ३४८ मतसहित तेस्रो स्थानमा छिन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सर्केगाडमा २० मत पाउँदा राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच मत पाएको छ ।
वडा नम्बर–१ र २ मा कुल एक हजार २८३ मत गणना सम्पन्न भएको छ ।