• असार ४ २०८२, बुधबार

जडिबुटीमा रोकेर राखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

मंसिर १६ २०८१, आईतवार

१६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ जडिबुटीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । सडकमा रोकिराखेको बा ४ ख ६१८२ नम्बरको टिपरमा प्र।३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल शनिबार राति ठोक्किएको थियो ।

सो क्रममा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१४ मुरलीबँगैचा घर भएका ४५ वर्षीय सञ्जय सिंहको मृत्यु भएको हो ।दुर्घटनामा परी गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकको खोजी भइराखेको प्रहरीले जनाएको छ ।