काठमाडौं । जाडो मौसममा प्राय मानिसले चियामा मरीच राखेर खान मन पराउँछन् । चियामा मरीच हालेर खाँदा न्यानो गराउने मात्र होइन, स्वास्थ्यलाई पनि फाइदा गर्दछ ।
जाडोमा मरीच खानुका फाइदा:
- टाउको दुखेको बेलामा पाँच चम्चा जति गाईको घ्यूमा सात गेडा मरिच झानेर लगाउदा टाउको दुख्न निको हुन्छ । (मरिचलाई पानीमा पिनेर लेप बनाएर दाहिने पट्टिको टाउकोको भाग दुखेको भए देव्रेपट्टिको कंचटमा लेप लगाउने र देव्रे पट्टिको भाग दुखेको भए दाहिने पट्टिको भागमा लेप लगाएमा ठीक हुन्छ ।
- मरिचको १० वा १५ दाना पिनेर फिटेर दैनीक सेवन गरेमा एक सातामा रुघाखोकी ठीक हुन्छ ।
- कागतीको चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप लगाएमा ठीक हुन्छ ।
- एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।
- गाईको घ्यूमा मरिचको धूलो तताएर भातमा मिसाएर खाने गरेमा आँखाका रोगहरु लाग्नबाट बच्न सकिन्छ ।
- मरिचको धूलो, नीमको पात तेलमा डडाएर पक्षघात भएको अंगमा बिहान–बेलुका मालिस गरेमा बिस्तारै ठीक हुँदै जान्छ ।
- मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको समस्या ठीक हुन्छ ।
- मरिच डढाएको तेल मालिस गर्नाले शरीर सुनिएको ठीक हुन्छ ।
- १ चम्चा मरिचको धूलो एकचम्चा महसँग फिटेर बिहान खाली पेटमा खाएमा भोक लाग्छ ।
मरिचका फाइदा मात्र छैन केही बेफाइदा पनि छ । मरीचको धेरै सेवन गर्दा हाड जोर्नीमा समस्या निम्त्याउन सक्छ । –एजेन्सी