• मंसिर १३ २०८१, बिहीबार

सुदूरपश्चिमका सबै मतदान केन्द्रमा पुगे कर्मचारी

मंसिर १३ २०८१, बिहीबार

१३ काठमाडौं, धनगढी । उपनिर्वाचन हुने सुदूरपश्चिम प्रदेशका पाँच वटै जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी पुगेका छन् । १६ मंसिरमा हुने उपनिर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु हुनुअगावै सबै मतदान केन्द्रमा मतदान सामग्रीसहित कर्मचारी पुगिसकेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट मतदानका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेको जानकारी दिए ।

भट्टले भने, ‘मतदानको तयारी पनि करीब सकिएको छ ।’बझाङ, बाजुरा, डोटी, दार्चुला र कञ्चनपुरमा पाँच स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष र डोटीको पूर्वीचौकी गाउँपालिका–३, दार्चुलाको दुहुँ गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्र् नगरपालिका–६ को वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन हुन लागेका पाँचवटै ठाउँमा २२ मतदान केन्द्र र १० मतदान स्थल तोकिएका छन् भने २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।