कान पाक्ने समस्या हुनुका कारण
–बाहिरी कानको संक्रमण
यो समस्या बाहिरी कानको नलीमा संक्रमण भएर हुने गर्छ जसमा नलीको कुनै सीमित भागमा या पूरै नलीको भागमा संक्रमण हुनसक्छ। यसका अलावा कानमा ढुसीको संक्रमणको कारणले पनि बाहिरी कानको संक्रमण हुनसक्छ। जथाभावी कान कोट्याउने, कानमा तेल वा अन्य तरल पदार्थ हाल्ने, फोहोर पानीमा नुहाउने वा पौडी खेल्ने र बढी आद्र्रता भएको स्थानमा बसोबास गर्ने व्यक्तिहरुमा यो समस्या बढी देखिन्छ।
-मध्यकानको संक्रमण
मध्यकानको संक्रमणलाई छोटो र लाम समयको गरी दुई प्रकारमा विभाजन गर्न सकिन्छ। यदि कुनै व्यक्तिको कानबाट १५ दिन वा सोभन्दा कम समय पिप आउँछ भने यसलाई छोटो समयको लागि हुने मध्य कानको संक्रमण ९एक्युट ओटाइटिस मेडियारएक्युट सुपरयाक्टिभ ओटाइटिस मेडिया० भनिन्छ। यो साधारणतयाः रुघा खोकी लागेपछि प्रायः जसो बच्चामा हुने गर्छ।