मंसिर १३, काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर चोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अर्का एक जना गम्भीर घाइते भएका छन् ।
भक्तपुरबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन् । त्यस्तै उनकी श्रीमती नवीनाको मृत्यु भएको छ ।
घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरमा उपचार भइरहेको छ । प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।