• मंसिर १२ २०८१, बुधबार

अदानीलाई लिएर भारतको संसदमा हङ्गामा

मंसिर १२ २०८१, बुधबार

नयाँ दिल्ली । हिउँदे अधिवेशनको दोस्रो दिन पनि चर्को हङ्गामाका बिच भारतमा लोकसभा र राज्यसभा दिनभरका लागि स्थगित गरिएको छ ।

बुधवार कांग्रेसले दुवै सदनमा गौतम अडानीको मुद्दामा बहसको प्रस्ताव राखेको थियो । अदानीमाथि अमेरिकामा ठगीको गम्भीर आरोप लागेको र सरकारले यस विषयमा बहस गर्नुपर्ने कांग्रेसले जनाएको छ । ‘एकतिर सानातिना आरोपमा सयौँलाई गिरफ्तार गरिँदैछ, अर्कोतिर सरकार अदानीलाई बचाउने काम गरिरहेको छ,’ सांसदबाहिर विपक्षी दलका नेता राहुल गान्धीले पत्रकारसँग भनेका छन् ।

गएको हप्ता मात्रै अडानीमाथि आफ्नो एउटा कम्पनीलाई ठेक्का दिलाउन २५ करोड डलर घुस दिएको र यो कुरा लुकाएको आरोप लागेको थियो । यसपछि कांग्रेसले गौतम अदानीलाई पक्राउ गर्न माग गरेका थिए भने प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बचाइरहेको आरोप लगाएका थिए ।