काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरलको मानहानी हुनेगरी सामाजिक सञ्जालमा गतिविधि गरेको भन्दै नेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई पार्टी सदस्यबाट लिनम्बन गरेको छ ।
पार्टीलाई हानी नोक्सानी पुर्याउने मनसाय राखेर गालीगलौज गर्ने, सामाजिक सञ्जालमा लेख्ने लगायत गतिविधि गरेको भन्दै चौधरीलाई निलम्बन गरिएको जनाइएको छ ।
पूर्वमन्त्रीसमेत रहेको चौधरी बाँके-१ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा चौधरी मन्त्री थिए । चौधरी माओवादी पृष्ठभूमिबाट एमाले आएका नेता हुन् ।