• मंसिर ११ २०८१, मंगलवार

खोकी लाग्दा खानै नहुने यी खानेकुरा

मंसिर ११ २०८१, मंगलवार

जाडो मौसममा धेरैलाइ खोकी लाग्ने समस्या हुन्छ । खोकी लाग्ने बिभिन्न कारण हुन्छन् । कुनै खोकी गम्भीर रोगको लक्षण हो भने सामान्य समस्यामा पनि खोकी लाग्छ ।

खोकी लागेको केही दिनमा निको नभए चिकित्सकसँग परामर्श लिएर औषधि सेवन गर्नुपर्छ तर सामान्य खोकी लागेको समयमा घरमै सावधानी अपनाउदा पनि खोकीबाट बच्न सकिन्छ ।

खोकी लाग्दा खानै नहुने यी खानेकुरा:

दुधः

विशेषज्ञका अनुसार खोकी लाग्दा दुधबाट टाढै बस्नुपर्छ । दुध पिउँदा छातीमा कफको समस्या थप बढ्ने गर्छ जसका कारण खोकीको समस्या बढ्नेछ । यस्तोमा तपाईंले कुनै पनि दुग्धजन्य पदार्थबाट टाढा नै बस्नुपर्छ ।

चिनीः

खोकी लाग्दा चिनी पनि खानुहुँदैन । यसले छातीमा इन्फ्लेमेशनको समस्यालाई बढाउने काम गर्छ । यति मात्रै होइन, चिनीले हाम्रो प्रतिरोधी क्षमतालाई कमजोर गरेर रुघा–खोकीको समस्या बढाउन सक्छ ।

कफीः

यदि तपाईंलाई खोकी लागिरहेको छ भने क्याफिन युक्त पेय पदार्थको सेवन गर्नबाट बच्नुहोस् । क्याफिनले घाँटीको मांसपेशीलाई डिहाइड्रेट गर्ने काम गर्छ जसका कारण खोकीको समस्या थप बढ्न सक्छ ।

मद्यपानः

चिनीजस्तै रक्सीजन्य पदार्थले पनि छातीमा इन्फ्लेमेशनको समस्या बढाउने काम गर्छ । यो हाम्रो सेतो रक्त कोसिकाका लागि पनि खतरनाक छ जसले शरीरको घाउ भर्ने प्रक्रियालाई सुस्त बनाउँछ ।

तारेका खानेकुराः

मनसूनमा मानिसहरुलाई चियासँग पकौडा, फ्रेन्च फ्राइज खान मनपर्छ । तर ब्याक्टेरियल इन्फेक्सनका कारण खोकी लागिरहेको छ भने बिर्सेर पनि तारेका खानेकुरा नखानुहोस् । चिल्लो, भुटेका, तारेका खानाले तपाईंको घाँटीमा क्षती पुर्याउँछ र खोकीको लक्षणलाई गम्भीर बनाउनेछ ।

चिसा खानेकुराः

यो मौसममा यदि तपाईंलाई खोकीले सताइरहेको छ भने चिसो खानेकुराबाट बच्नुहोस् । तपाईंले आइसक्रिम वा चिसो पानी वा जूस बिर्सेर पनि खानुहुँदैन । चिसा खानेकुराले तपाईंको खोकीलाई थप बढाउने गर्छ ।

यस्ता खानेकुरा खाँदा पाइन्छ राहतः

ब्याक्टेरियल इन्फेक्सन हुँदा दालचिनी, काँचो लसुन वा ल्वाङजस्ता चिजको सेवनले घाँटीलाई राहत दिन सक्छ । औषधीय गुणले भरपुर यी खानेकुराले खोकी लाग्दा निकै हदसम्म आराम दिनसक्छ । एजेन्सी