काठमाडौं । कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै छ ।
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका उनलाई बिहान साढे ८ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउन लागिएको हो । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना प्रकरणमा अनुसन्धानका लागि उनको बयान लिइनेछ।
कास्की जिल्ला अदालतले गत आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो ।
उनलाई बयान गराएर फेरि पोखरामै फर्काइने छ। त्यसपछि उनलाई चितवनस्थित सहकार बचत तथा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा बयानका लागि लगिनेछ ।
यसअघि उनले बुटवलको सुप्रिम सहकारी बचत अपचलनको आरोपमा रुपन्देहीमै बयान दिइसकेका छन्।
गत कात्तिक २ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले लामिछानेलाई काठमाडौंको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।
लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ।